समितिको आइतबार बसेको बैठकले व्यक्तिगत भिसामा त्यसरी दिइने श्रम स्वीकृतिको दुरुपयोग भएको, कामदारको शोषण भएको भन्ने गुनासो बढेपछि त्यसमा कडाई गर्न समितिले निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
समितिले सरकारलाई वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा उल्लेखित मापदण्ड पूरा गरेरमात्र त्यस्तो भिषामा श्रम स्वीकृति दिन निर्देशन दिएको छ ।
समिति बैठकमा श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा, वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटीसहितलाई बोलाई सांसदहरुले त्यस्तो श्रम स्वीकृति, डिमाण्ड लेटर स्वीकृति, स्वास्थ्य परिक्षण, त्यस्तो परिक्षण गर्ने संस्थाको नवीकरण र अनुगमन लगायतमा विभिन्न प्रश्न राखेका थिए ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment