वि.सं.२०७२ साल साउन ५ गते मंगलबार,इ स २०१५ जुलाई २१ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको पन्चमी तिथि,दिवा ०१:०४ बजेसम्म उप्रान्त षष्ठी,
उत्तरफाल्गुनी नक्षत्र रात्रि ०१:४० बजेसम्म उप्रान्त हस्ता,
परिध योग रात्रि १२:०४ बजेसम्म उप्रान्तशिव,
बालब करण दिवा १:०४ बजेसम्म,कौलब रात्री ०२:०४ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा धाता योग,
चन्द्रमा सिंहराशिमा,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
दिनमान ३४ घडी ७ पला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सन्तान पक्ष खर्चिलो बन्नेछन,खेलकुदमा रुची बढे संगै प्रतिफल पनि राम्रै हात लाग्ने देखिन्छ, कलाकारिता र मनोरन्जनको क्षेत्रमा रहनुहुनेहरुका लागी भने खासै उन्नति प्रद समय नहोला,पढाई लेखाइमा खासै समय मिल्नेछैन, पेटमा समस्या आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
अरुको सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ,पारिवारिक अल्झनमै दिन बित्नेछ,टाढाको मित्रले गरेको सहयोगले दिर्घकालिन असर दिलाउन सहायता गर्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधन घातक बन्नसक्छ चनाखो रहनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
घुमफिर र मनोरंजनमा समय बित्नेछ,नंया साथि संगको चिनजान र सहकार्यले सफल्लता दिलाउनेछ,दाजु भाइको सम्बन्धमा केहि कमजोरी आउने देखिएता पनि सामाजिक अबस्था मजबुत बन्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
संचित धनको नोक्सानी हुन सक्छ भने लगानी गरेको धनले प्रतिफल नदिन सक्ने हुदा बिचार पुर्याउनु पर्ला, बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि घर परिवारको समस्याले चिन्ता दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
शरीरमा स्फूर्ति बढेसगै काम गर्ने उर्जाको बृध्दि हुनेछ,आफन्त तथा साथीभाई संगको सम्बन्धले नंया उचाई लिनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ,आजको दिन निकै रमाइलो रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
काममा रुची घट्ने देखिन्छ,आम्दानि र खर्चको तालमेल नमिल्दा असहज पारिस्थितिको सामना गर्नु पर्ला,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
मनग्य आम्दानि गर्ने अवसर जुट्नेछ,सरकारी काममा बढी समय खर्चिनु पर्ला,ठुला र प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नाले मन प्रफुल्लित रहनेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफ्नै लगानीमा गरेको ब्यबसाय आज निकै फष्टाउनेछ,राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्ने अवसर मिल्नेछ,पशु पंक्षी र कृषि जन्य व्यवसायमा सुधार देखिनेछ,नोकरीमा बिशेष पद प्राप्ति हुन सक्ने देखिन्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
धर्म कर्ममा र सेवामुलक काममा अधिक समय व्यतित हुनेछ,गुरु तथा मान्यजनको सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा मिल्नेछ,अप्रत्यासित आरोप प्रत्यारोपको सामना गर्नु पर्ने हुनसक्छ जरीवानामा परिने वा संचित धनको क्षति हुने सम्भाबना रहेकोछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आफन्त संगको सुमधुर सम्बन्धमा आकस्मिक खटपट उत्पन्न हुन सक्छ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक अबस्थामा नकारात्मक परिणाम हात लाग्नेछ,नंया कामको सुरुवात गर्नको लागि त्यति राम्रो समय देखिन्न।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
बिपरित लिंगी संगको सम्बन्धमा सुमधुरता छाउनेछ,नोकरिमा खासै उन्नति नदेखिएता पनि व्यक्तिगत लगानीमा गरिएका व्यवसायमा निकै सफलता हात लाग्ने देखिन्छ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट सुख मिल्नेछ,पढाइमा सुधारको संकेत देखिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आफ्नी भन्दा अरुको लागि समय खर्चिनु परेता पनि तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ,शत्रु पक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ,खोइरो खन्ने व्यक्तिहरु प्रशस्त देखिनेछन्,कम्मर मुनिको भागमा चोट पटकाको भय देखिन्छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment