Sunday, July 26, 2015

‘गुगल व्वाई’ आदित्य भगवान हुन् ?

काठमाडौं, १० साउन । गुगल व्वाइको उपाधि पाएका आदित्य दाहाल अहिले उपचारका क्रममा अमेरिकामा छन् ।
शारीरिक रुपमा अशक्त आदित्य नेपाल र भारतमा उपचार हुन नसकेपछि आफैले रोजको क्यालिफोर्नियाको स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका विहीबार अमेरिका उडेका हुन् ।
अमेरिका जानुअघि उनले उपचारका लागि नेपालीहरुबाट टाढा जाँदा दुःख लागेको भन्दै फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने विश्वास लिएको आफ्ना शुभचिन्तकलाई सन्देश लेखेका थिए । उनी रुँदै अमेरिका उडेका थिए ।
बोल्न, हिँड्न नसक्ने उनले लेखेरै शुभचिन्तकलाई सन्देश दिए । आदित्यको जन्म २०६७ साउन ७ गते भएको थियो । जन्मिएको तीन वर्षसम्म स्वस्थ अरु बच्चा जस्तै हुर्कीबढिरहेका आदित्यले त्यसपछि आफ्नो बोली र स्वस्थ शरीर गुमाए । उनी बोल्न र हिडडुल गर्न नसक्ने भए ।

बोल्न र हिडडुल गर्न नसक्ने भएपछि घरमा हेरचाह गरी राखिएका आदित्यमा २०७१ साल असार २५ गते ११ महिनापछि असाधारण शक्ति प्रकट भयो । जसरी भगवानमा प्रकट हुन्छ । आधारण शक्ति पाएका आदित्यले त्यो दिनलाई निंद्राबाट ब्यूझिउन सफल भएको आफैले भनेका छन् ।
मानव चोलामा ५ वर्षसम्म बालकले न राम्रोसंग बोल्न सकेको हुन्छ, न त खान नै तर, आदित्य पाँच वर्षकै उमेरमा भगवान गौतम बुद्ध जस्तै विद्धान छन् । जसरी एउटा ऋषिमुनीले तपस्या गरी भगवानबाट आर्जन गरेको शक्ति हुन्छ त्यसरी नै आदित्यको शक्ति कुनै भगवान भन्दा कम छैन् भन्ने कुरा उनका स्वभावले देखाइसकेको छ ।
स्कुलमा क पनि नपढेका पाँच वर्षिय बालक आदित्य विश्वका जुनसुकै भाषामा पनि जवाफ फर्काउने, भूत, वर्तमान र भविष्यबारे विश्वसनीय ढंगले बताउने आसाधारण शक्ति उनमा छ ।
के उनी भगवान हुन् त ?
असाधारण शक्ति पाएको एक वर्षमै आदित्यले भगवानको जस्तै थुप्रै अर्ति उपदेश दिएका छन् । नेताहरुलाई मार्गदर्शन बाटोमा लाग्न सुझाव दिएका छन् । उनले दिएका उपदेशहरु यस्ता छन् ।

कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।
धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।
लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।
अरुको सेवामा आफूलाई समर्पित गर ।
भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं, आफूलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।
बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु । हिड्ँन र बोल्न नसक्ने आदित्यले लेखेर दिएका यी सुझाव कुनै विद्धानले दिएको भन्दा कम छैन् । यसले पनि आदित्यलाई भगवानको रुपमा चित्रण गर्न सक्छ ।
उनले देशमा जारी घटनाक्रमबारे पनि लेखेरै थुप्रै उपदेश दिएका छन् । यस्ता छन् देशका लागि दिएका उपदेश :

देशको विडम्बना स्रोत र साधनको अभावमा मुकदर्शक बनेको राज्यको लाचारता देख्दा मन रुन्छ नेपालीको ।
दाताहरुबाट प्राप्त सहयोगलाइ सही सदुपयोग गरि असहाय जनतालाइ न्याय दिने चुनौति सहितको जिम्मेवारी राज्यको काँधमा आएको छ । ध्यान पुगोस ।
आर्थिक प्रगतीका सम्भावनालार्इ पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको चक्रभित्र झन झन रुमल्लिदै छ । ध्यान पुगोस ।
गाँस बास र कपासबाट वन्चित बालबालिकाको हक अधिकार सुनिश्चित गरी व्यवहारिक कार्यान्वयन गरे राष्ट्र र नयाँ पिडीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।
उनले केही नेताहरुलाई अचम्म पार्नेगरी पनि उपदेश दिएका छन् ।
आफ्नो घरमा भेट्न आएका नेतालाई आदित्यले आश्चर्यचकित जवाफ समेत दिए । उनले एक बर्ष अघि नै नेपालको संबिधान २०७२ मा बन्ने र नयाँ सरकारको प्रधानमन्त्री केपी ओली बन्ने आश्चर्यजनक कुरा बोलेका थिए । जून अहिले भइरहेको छ ।

त्यस्तै आदित्यले २०७१ श्रावणमै दीप कुमार उपाध्याय भारतको राजदूत बन्ने भविष्यवाणी गरेका थिए । सरकारका मुख्यसचिवदेखि प्रधानमन्त्री सम्मलाई उनले सुहाउँदो जवाफ दिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले परिवारलाई नै बालुवाटार बोलाएर भेट्दा आदित्यले भने थिए-नआत्तिनू । यो अनिष्ट केही समयमा टर्नेछ, अनि मुलुकले काँचुली फेर्नेछ, हजूरका इच्छा पूरा हुने छ, पीएम ज्यू ।’
उनले भेट्न आउने अन्य अतिथिको पनि सजिलै जिज्ञासा मेटाउने गर्छन् । यी सबै गुणले उनलाई भगवानको रुपमा मान्न सकिने ज्योतिष वाशुदेव अधिकारी बताउँछन् । ‘बालक आफैमा शक्तिवान होइन् । यो त भगवानले आफ्ना दुतलाई दिने अद्भुत शक्ति हो । तसर्थ भगवानले आदित्यलाई आफ्नो दूतका रुपमा शक्ति दिएको जस्तो मलाई लाग्छ ।’dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment