यस्तो किन भनिएको हो भने अहिले पनि सलमानलाई कैटरिनाको धेरै चिन्ता लाग्छ । सलमानको होम प्रोडक्सनमा बनेको फिल्म ‘हिरो’यसै वर्ष चार सेप्टेम्बरमा रिलिज हुनेवाला छ । यस फिल्मबाट सुनिल सेट्टीकी छोरी अथिया र आदित्य पञ्चोलीको छोरा सुरजले फिल्म क्षेत्रमा प्रेश गरेका छन् । हालै सलमानले यस फिल्मको सुरजको पहिलो लुक आफ्नो ट्वीटर एकाउन्टमा सेयर गरेका छन् । यसै फिल्मसँग सलमानकी पूर्वप्रेमिका कैटरिना कैफको फिल्म ‘फेन्टम’ पनि रिलिज हुँदैछ ।
बक्स अफिसमा यी दुई फिल्को टकरावबारेमा सलमानलाई सोधिएको प्रश्नमा उनले भनेका छन् कैटरिनाको फिल्म पनि हाम्रै फिल्म हो । यसबाट के प्रमाणित हुन्छ भने सलमानले अहिले पनि कैटरिनालाई आफ्नै खास मान्छे मान्छन् । उनलाई मन भित्रैबाट माया गर्ने गरेका छन् । त्यसैले उनलाई कैटरिनाको फिल्म असफल हुन्छ कि भन्ने चिन्ता लागिरहन्छ । केही समय पहिले सलमानले आफू कैटरिनाको प्रगति चाहने बताएका थिए । kathmandutoday.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment