भारतीय सञ्चारमाध्यमले जनाएअनुसार प्रेमी मनोहरको इन्द्रा नामकी महिलासँग प्रेमचक्कर थियो । र उनी प्रेमिका घरमा आउने जाने गरिरहन्थे । प्रेमिकाले एक दिन पतिको दबावमा युवककलाई षड्यन्त्र पूर्वक आफ्नो घर बोलाईन् र त्यसपछि आफ्नै भाईसँग मिलेर प्रेमीको हत्या गराईन् ।
हत्यापछि डराएर आरोपीहरुले युवकको लासलाई घर भन्दा केही टाढाको दूरीको १०० फीट रोडस्थित सूचना केन्द्रको झाडिमा फालिदिए । राजनगर थाना पुलिसले घटनाको छानविन गर्दै हत्या आरोपी पत्नीसहित चार जनालाई गिरफ्तार गरेको छ ।
अतिरिक्त जिल्ला पुलिस अधीक्षक सुधीर जोशीले भनेका छन्–‘पत्नी इन्द्राको मनोहरसँग अवैध सम्बन्ध थियो । पत्नीको युवकसँग रहेको सम्बन्धको थाहा पाएपछि पतिले सम्झाएका थिए ।
पत्निले भविष्यमा यस्तो सम्बन्ध नराख्ने बाचा गरेकी थिईन् । तर, एकदिन पतिले युवकसँग बदला लिनका लागि पत्नीलाई एक पटक फेरि प्रेमीलाई घर बोलाउन निर्देशन दिए । त्यसपछि महिलाले पतिको निर्देशन अनुसार षडयन्त्र रचेर आफ्ना कथित प्रेमीलाई घर बोलाईन् त्यसपछि उनलाई पतिको जिम्मा लगाईन् । रिसाएका पतिले आफ्नो घरको इज्जतसँग खेलवाड गरेको भन्दै राम्ररी सम्झाउन भाईसँग मिलेर युवकलाई निर्घात कुटपिट गरे । निर्घात कुटपिटबाट ती युवकको प्रेमिकाको घरमै ज्यान गयो ।
पुलिसले यो मुद्दाको अनुसन्धान गर्दै आकोदियाको खेड़ाका कालूदास वैष्णवको हत्या आरोपमा गोवर्धन भील, उनका भाई रामलाल भील, काका भाई गोपाल पुत्र हरिकिशन र पत्नी इन्द्रालाई गिरफ्तार गरेको छ । घटनाको थप अनुसन्धान चलिरहेको र शुक्रबार अदालतमा मुद्दा दायर हुने रामनगर पुलिसले जनाएको छ ।
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment