उनले वेश्यवृत्तिमा संलग्न व्यक्तिको नभई आफ्नै पूर्वप्रेमिकाको नम्बर त्यसरी स्ट्याटसमा राखेको थिए । उराउका कारण हैरान भएपछि पीढित युवती महानगरीय अपराध महाशाखा पुगिन् । उराउलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पहिला प्रेमसम्बन्ध भएकी युवतीसँग बदला लिन उनले त्यसरी फेसबुकको दुरुपयोग गरेका थिए । बारम्बार झगडा भएपछि युवतीलाई यातना दिन फेसबुकमा मोबाइल नम्बर राखेर उनले अश्लील कुरा पोस्ट गर्दै आएका थिए । आफ्नो बेइज्जत भएपछि युवतीले उजुरी दिएकी थिइन् । उनीविरुद्द प्रहरीले विद्युत्तीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । यस्ता घटना हरेक दिनजसो प्रहरीकहाँ आउने गरेका छन् । अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति रायका अनुसार आर्थिक वर्ष ०७१–७२ मा फेसबुकबाट पीडित तीन सय नौजनाले अनुसन्धानका लागि निवेदन दिएका छन् । त्यसमध्ये १३ जनाविरुद्द मुद्दा नै चलाइएको उनले बताए । अन्यमा भने दुई पक्ष आपसमा मिलेर गएका थिए । मुद्दा चलाइएकामध्ये केही जेल चलानसमेत भएका छन् । हरेक महिना नेपाल प्रहरीले १५ देखि २० वटा फेसबुक एकाउन्ट ब्लक गर्न सिंगापुरस्थित फेसबुक कार्यालयलाई पत्राचार गर्दै आएको छ । सामाजिक सञ्जाल फेसबुकको अत्यधिक दुरुपयोग हुन थालेको र धेरैले प्रतिशोधको हतियार बनाउने गरेको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment