काठमाडौं, साउन १० - ललितपुरको पुल्चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । आइतबार बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं कालिधारा घर भै कुपण्डोल बस्ने इभान अमात्यको ज्यान गएको प्रहरीले जनाएको छ ।
बा १ ख ३०५० नम्बरको ज्ञानोदय स्कुलको बसले बा ५६ प ९५९ नम्बरको स्कुटीलाई आइतबार बिहान साढे ७ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका अमात्यको उपचारका क्रममा अल्का अस्पताल जावलाखेलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment