समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ ।
पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण छ ।
khabardabali बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment