यस्तै हङकङका एक धनाढ्यले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई अर्बपती बनाइदिने घोषणा गरेका छन् । हङकङका शीर्ष स्थानमा रहेका व्यापारी सेसिल चाउले आफ्नी छोरी गिगी चाउलाई विवाह गर्ने पुरुषलाई ८ करोड पाउन्ड दिने बताएका छन् । नेपाली रुपैया“ करिब १३ अर्ब २० करोड रुपैयाँ घोषणा गरेका चाउले सुरुमा चार करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । गिगी चाउले दुईवर्षअघि एक महिलास“ग समलिंगी विवाह गरेकी थिइन् । स्मरण रहोस्, हङकङमा समलिंगी विवाहमाथि रोक छ । सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ । (एजेन्सी)www.ratopati.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment