Tuesday, July 21, 2015

ज्ञानेन्द्रका ज्वाइँ अचानक कता गायब ?

काठमाडौं – ठूला र ठगी सँगसँगै रहने नेपालमा मात्र होला कि अन्त पनि ? जाँदाजाँदै निवर्तमान प्रधानन्यायाधीशले गरेका बदमासीबारे नयाँ प्रधानन्यायाधीशले आउनासाथ छानबिन समिति नै गठन गर्नुपर्ने । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहले क्यासिनो चलाउने नाममा सरकार र होटलाई मात्र करोडौं चुना लगाएर नपुगी एउटै कम्पनी ९ जनालाई बेचेर ५० करोड करोडभन्दा बढी बटुल्दा प िकुनै कारबाही नहुने ।
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरले एउटा सामान्य कम्पनीको आडमा सरकारलाई ६ करोड होटल याक एन्ड यतिलाई १८ करोड र अन्य नौजना धनाढ्यलाई ५० करोडभन्दा अधिक ठगेका हुन् । क्यासिनोमा काम लगाएका मजदुरलाई दिनुपर्ने रकम १५ करोडभन्दा बढी छ । सन् २०१० मा दरबारमार्गस्थित होटल याक एन्ड यतिसँग गिल्ट इन्भेष्टमेन्ट प्रालिका नाममा सम्झौता गरी राजबहादुरले रोयल क्यासिनो चलाउने भए । भाडा र राजश्व बुझाउनु पर्ने कुरा लगातार उठेपछि राजबहादुरको दिमागले ग्राहक खोजेर क्यासिकनो बिक्री गर्ने जुक्ति निकाल्यो । यसक्रममै होटल र मजदुर कसैलाई थाहै नदिई क्यासिनो पालैपालो ९ जनालाई बेचे । यसमध्ये सबैभन्दा बढी ९ करोड चिनियाँ व्यपारीले बुझाएका छन् । अहिले उनी कहाँ छन् कसैलाई थाहा छैन, आजको जनआस्था साप्ताहिकमा खबर छ । /www.ratopati.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment