Monday, July 20, 2015

भाडाको आमाबाट बच्चा जन्माउने सेवा दिने तयारी

काठमाण्डु, ५ साउन– भाडाको आमाबाट सन्तान जन्माउने पद्धति(सेसोगेसी मदर)लाई वैद्यता दिन सरकारले तयारी गरेको छ । सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरुले विरोध जनाउँदै आएका छन् ।
काठमाण्डुका केही निजी अस्पतालले अवैध रुपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषदले २ असोजको बैठकले कार्यविधि बनाएर त्यस्लाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयलेल कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरुका लागि मापदण्ड तयार गरेको छ ।
स्वास्थ्य मन्त्रालले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेट मदर)समेत विदेशी हुनुपर्ने र उनीहरुले सम्बन्धीत संस्थाहरुको मापदण्डअनुसार दस्तु तिरेपछि सेवा लिन पाउनेछन् ।
–नयाँ पत्रिकाबाट


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment