Monday, July 13, 2015

फेसबुक स्ट्याटसले अष्ट्रेलियन महिला जेलमा

आबुधाबी—फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियन महिलालाई युनाइटेड अरब इमिरेट्सले देश निकाला गर्ने भएको छ। अदालतले जोडी मगी, ३९लाई 'सामाजिक सञ्जालमा खराब शब्द' लेखेको अभियोगमो यस्तो सजाय तोकेको हो।


 विवाद गत फेब्रुअरीदेखि सुरु भएको थियो। मगीले अाफू बस्ने अपार्टमेन्टको पार्किंग स्थलमा अपाङ्ग स्टिर नभएका कार अपाङ्गका कार पार्किङ गर्ने स्थानमा पार्क गरेको फोटो खिचेर फेसबुकमा पोस्ट गरेकी थिइन्। कार पार्किङमा हुने अव्यवस्थाविरुदद्ध उनले फेसबुकमा गरेको सोही पोस्टसम्बन्धी विवाद लम्बिँदै जाँदा देश निकालाको आदेश भएको हो। अपाङ्ग स्टिकर नभएका गाडीलाई अपाङ्ग क्षेत्रमा पार्किङ गर्नेहरुलाई उनले स्वार्थी ड्राइभरको संज्ञा दिएकी थिइन्।


जुनमा उनीविरुद्ध आबुधाबी अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दाको फैसला गर्दै अदालतले ‘व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा खराब शब्द’ प्रयोग गरेकोमा मगीलाई दोषी ठहर गरेर सजाय सुनाएको हो। उनलाई अदालतले ३६०० अष्ट्रेलियन डलर जरिवाना र देश निकाला आदेश सुनाएको छ।

आइतबारदेखि उनलाई जेलमा राखिएको छ। कति समय जेलमा राखिने हो स्पष्ट नभएको अष्ट्रेलियन रेडियो एबीसीले उल्लेख गरेको छ। ‘म मेरो जीवनलाई अनिश्ति पाइरहेकी छु’, उनले भनेकी छन्, ‘कोही मसँग कुरा गरिरहेका छैनन्। के हुँदैछ कसैले मलाई केही भनिएको छैन।’

मगी अबुधाबीमा सन् २०१२ देखि इमिरेट्स महिलालाई ग्राफिक डिजाइन पाठ्यक्रम पढाउँदै आएकी थिइन्। उनको फेसबुक पेजमा साथीहरुले उनीमाथि गहिरो साहनुभूति देखाएका छन्।
‘बलियो बन जोडी तिमी एक्लै छैनौं। हामी सबै तिम्राबारेमा सोचिरहेका छौं’, एक साथीले उनको फेसबुक पेजमा लेखका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment