Friday, July 10, 2015

आजको राशिफल वि.सं.२०७२ साल असार २६ गते शनिबार,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
निकै उत्साहजनक दिन रहनेछ,पुराना साथि संगी संगको भेटघाटले नया उर्जाको प्रबाह  हुनेछ,सकारात्मक सोचको अभिवृद्धि हुनेछ आर्थिक कारोबारमा सुधार आउनेछ,बिशेष प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय बित्नेछ ।





वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।




 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,
सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा केहि सुधार आउनेछ।





कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,नोकरीमा सफलता मिल्नेछ।






सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुन सक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु भएमा मात्र केहि सफलता हात लाग्न सक्ने देखिन्छ।



तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा सन्तोषजनक सफलता हात लाग्नेछ।




वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ,बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी हुने सु अवसर मिल्नेछ,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने समय रहेकोछ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु बुध्दिमानी हुनेछ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनोरंजनात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक उर्जाको बिकास हुनेछ, आफन्त तथा सहोदरमा खटपट आउन सक्छ ।




मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने समय देखिन्छ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment