Wednesday, July 22, 2015

संविधानको मस्यौदामा अनौठो सुझावः एकै महिलाले दुई श्रीमान राख्न पाउनुपर्‍यो

काठमाडौं, ७ साउन । संविधानको मस्यौदामा सुझाव संकलनको कार्य लगभग सकिएको छ ।
विभिन्न दलहरुको विरोध र आक्रमणका बाबजुद सभासदहरुले २४१ निर्वाचन क्षेत्रमा गएर संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गरेका हुन् । संकलन गरिएका सुझाव सबैभन्दा बढी हिन्दु राष्ट्रको पक्षमा बढी आएका छन् । त्यसपछि कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा बढी सुझाव आएका छन् ।
स्थानीय निकाय प्रत्यक्ष निर्वाचन, धार्मिक स्वतन्त्रता, सीमाङ्कन र नामाङ्कन टुङ्ग्याएर स‌ंविधान जारी गर्नुपर्ने सुझाव बढी आएका छन् ।
यस्त थुप्रै विषयमा सुझाव संकलन भएको संविधानसभामा प्रस्तुत गरिने सुझाव समितिका सभापति प्रमिला राणाले जानकारी दिनुभयो । अहिलेसम्म करिब ३ लाख बढी सुझाव संकलन भएको जानकारी दिँदै उहाँले नेपाली समाजमा पाच्य नहुने सुझाव पनि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो-‘कसैले विवाह नगरीकनै बच्चा पाउनुपर्छ भनेका छन्, त कसैले दुई श्रीमान आफैसँग राख्न पाउनुपर्छ भनेका छन् । जून हाम्रो समाजमा मान्य हुने सम्भावना कम हुन्छ ।’ मस्यौदामा मोरङका महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने मागसहित सुझाव दिएका थिए भने, काभ्रेका महिलाहरुले दुई श्रीमान राख्न पाउनुपर्ने मागसहित सुझाव संविधानसभालाई दिएका छन् ।

नयाँ संविधानमा आफूहरुलाई पुरुषसरह अधिकार दिनुपर्ने भन्दै महिलाहरुले यस्तो मागसहितको सुझाव संविधानसभामा आएको सभापति राणाले जानकारी दिनुभयो ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment