Tuesday, March 1, 2016

महाधिवेशनको मुखमा फुट्यो कांग्रेस ! जन्मियो नयाँ समूह

काठमाडौं, १८ फागुन । हालसम्म दुई समूह देखिँदै आएको नेपाली कांग्रेस १३ औं महाधिवेशनको मुखमा तीन पक्षमा विभाजित भएको छ ।
संस्थापन र देउवा पक्षले कार्यकर्ता बाडिएका बेला कांग्रेसमा संस्थापनबाटै अर्काे नयाँ शक्ति जन्मिएको छ । कांग्रसमा हाल महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा अर्काे समूह जन्मिएको हो ।
संस्थापनबाट जन्मिएको सिटौला समूहले बुधबार १३ औं महाधिवेशनको नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । यो समूहमा कांग्रेसका चर्चित युवा नेता गगन थापा पनि सामेल छन् ।
उता संस्थापनबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल र अर्काे पक्षबाट वरिष्ठ नेता शेरबहादुर देउवा प्यानल नेतृत्व लिन तम्सिएको छ । यो सँगै महाधिवेशनको मुखमा कांग्रेस तीन समूहमा विभाजित भएको छ ।
तीनै समूहले बुधबार उम्मेदवारी घोषणा गर्दैछन् ।
dainiknepal

श्रीमतीलाई घाँस काट्न पठाएर बल्दै गरेको चित्तामा किन हाम फाले मानबहादुर

जाजरकोट– यहाँका एक व्यक्ति बल्दै गरेको सलोमा हाम फालेर मृत्यु भएको छ । जिल्लाको थालारैकर गाविस वडा नं ३ का वीरवल खत्रीको जलिरहेको सलोमा हाम फालेर थालारैकर वडा नं–५ टाटाका ६० वर्षीय मानवहादुर बुढाको मृत्यु भएको हो । सोमवार दिउँसो जलिरहेको सलोमा हाम फालेर मृत्यु भएको स्थानीय ईन्द्रज्योति माविका शिक्षक मानवहादुर थापाले जानकारी दिए ।
यहाँका अनुसार मृतक वीरवल खत्रीका कान्छी बुहारीका वैनीका ससुरा मानवहादुर बुढा पर्ने बताएको छ । चितवनमा उपचार गरिरहेका बुढाको मानसिक सन्तोलन बेला–बेलामा गुम्ने गरेको शिक्षक थापाले जानकारी दिए । खत्रीको मलामी गएर घर फर्किएर स्थानीय पसलबाट चार वटा अण्डा किनेर टाटामा रहेको घरमा श्रीमतीलाई सो अण्डा पकाउन लगाएर श्रीमती र श्रीमानसँगै बसेर खाएका थिए । अण्डा खाएर श्रीमतीलाई घर नजिकै जग्गाको काँल्लोमा घाँस काट्न पठाएर पुर्ण बुढा लास जलाएको थालारैकर–४ को कुटीशिवालयमा चामल छर्कदै पुगेको शिक्षक थापाले बताए । चामल छर्केर एक्कासी दनदनी जलिरहेको सलोमा हाम फालेका बुढालाई सलोबाट निकाल्दा–निकाल्दै जलेर मृत्यु भएको थियो । मृतक बुढा घरमा सुतेको बेला रात्ती, दिउँसो परिवारसँग सरसल्लाह नगरेर एक्कासी हिँड्ने बानी रहेको परिवारले बताएको छ । मृतक बुढाको लासलाई पोष्टमार्टमका लागि कान्छा छोराको साथमा जिल्ला अस्पतालमा बेलुका ल्याईपुर्याउने प्रहरी प्रमुख दानवहादुर मल्लले जानकारी दिए । मृतक वुढाका ४ छोरा रहेका छन् । तीन छोराहरु विदेशमा रहेका छन् भने एक छोरा घरमै रहेको प्रहरीले वताएको छ । ratopati

बाबुरामले भने– भारतसँगको मेरो योजनाको निरन्तरता ओलीले दिए

मंगलबार, १८ फागुन
काठमाडौँ । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।
नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भने– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”
उनले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।
सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
nepalsandesh

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
काठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’
वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ (रक्तचापको औषधि)को एक मात्राजति नै प्रभावकारी हुन्छ ।
dainiknepal

भारतले नेपालमाथि आर्थिक नाकाबन्दी थाल्यो, यसरी गर्दैछ अर्को नाकाबन्दी

मंगलबार, १८ फागुन
काठमाडौं । भारतले नेपालसामु जे जस्तो प्रतिबद्धता जनाए पनि आर्थिक रुपमा नेपाललाई समस्या पार्ने रणनीति लिएको छ । भारतको बार्षिक बजेटले यो कुराको प्रमाणीत गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राजकीय सम्मान दिएको भारतले त्यस लगत्तैको भारतको बजेटमा नेपाललाई दिदै आएको आर्थिक सहायतामा भारती कटौती गरेको हो ।
अर्थमन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको सन् २०१६–०१७ को बजेटमा नेपालका लागि ३ अर्ब भारतीय रुपैयाँ छुट्याइएको छ, । तर, अघिल्लो वर्ष ४ अर्ब २० करोड विनियोजन गरिएको थियो ।
यो हिसाबले उस्ले नेपाललाई दिदै आएको आर्थिक सहायतामा ३० प्रतिशतले कटौती गरेको छ । भारतसँगको असमझदारी अन्त्य भएको प्रधानमन्त्री ओलीको दाबीलाई पनि यो बजेटले जिस्काइदिएको छ ।
ओलीले भारत भ्रमण गरेर असमझदारी अन्त्य गरि फर्कीए लगत्तै आएको बजेटले नेपालमाथि विस्तारै आर्थिक नाकाबन्दी गर्ने भारतीय रणनीति देखिएको छ ।
भारतले नेपालमा दिइएको सहयोग रकम सदुपयोग नभएको भन्दै नेपालप्रति अविश्वास गरेको भारतीय सञ्चारमाध्यमहरुको भनाई रहेको छ । भूकम्प पछिको पुन निर्माणका क्रममा बनेको प्राधिकरणले समेत काम गर्न नसक्ने र सहायता दुरुपयोग हुने भारतको अनुमान छ ।
भारतले नेपाललाई दिएको सहायता रकम सदुपयोग नभए अर्को बर्ष फेरि सहायता कटौती गर्नेसक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय विदेश मन्त्रालयलाई दिने बजेटमा समेत सरकारले भारती कटौती गरेको छ । अघिल्लो वर्षको तुलनामा करिब चार अर्ब कटौती गर्दै यो बर्ष एक खर्ब १६ अर्ब ६२ करोड मात्र विदेश मन्त्रालयलाई बिनियोजन गरिएको छ ।
nepalsandesh

कांग्रेस महाधिवेशनका लागि नीतिष कुमार काठमाडौं आउने

१८ फागुन, काठमाडौं ।

नेपालको सीमावर्ती भारतीय राज्य विहाारका मुख्यमन्त्री नीतिष कुमार नेपाल आउने भएका छन् । भूकम्पको समयमा नेपाल आउन चाहेर पनि केन्द्र सरकारको दवावले रोकिएका नीतिष नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं आउने भएका हुन् ।

विहारको मुख्यमन्त्री सचिवालयले नीतिष बुधबार काठमाडौं आउने पुष्टि गरेको छ । नीतिशकुमारले कांग्रेस महाधिवेशनका क्रममा काठमाडौं आएको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली लगायत बिशिष्ठ ब्यक्तिहरुसँग भेट गर्ने तय भैसकेको छ ।


यस अघि नेपालमा भूकम्प भएको समयमा पनि नीतिषले नेपाल भ्रमण गर्न चाहेका थिए । त्यतिबेला उनलाई भारतीय विदेशमन्त्रालयले नेपाल आउने अनुमति दिएको थिएन ।

नीतिषले गत विधानसभा चुनावमा मोदीको दललाई हराएर बहुमत हात पार्दै विहारको मुख्यमन्त्रीमा पुनर्वाहाली भएका थिए ।

अमेरिकाले नेपालमा जारी यात्रा चेतावनी हटायो

भारत बजेटः नेपाललाई दिने सहयोग कटौती

मंगलबार मात्र नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी परीक्षामा फेल भएको टिप्पणी गरेका छन् । केन्द्र सरकारले ल्याएको बजेटले मोदीलाई फेल देखाएको उनको भनाइ छ ।nepaliheadlines.

वाटर प्युरिफायरको भाँडो र बम आतंक

१८ फागुन, काठमाडौं ।

मंगलबार दिउसो देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको गेटमा शंकास्पद बस्तु भेटेएपछि बम भन्दै आतंक पैदा भयो ।

दक्षिण गेटमा भेटिएको शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गर्दै गाडी रोकेर सेनाको बम डिस्पोजल टोली घटनास्थलमा बोलाइयो ।
विहान ११ बजे तिर शंकास्पद बस्तु देखिएपछि मानिसहरुले प्रहरीलाई खवर गरेका थिए । सुरक्षाकर्मीले सो सडक खालि गराए र बम डिस्पोजल टोली आइपुग्यो । बमको हल्लाले सडकमा मानिसको भिडभाड भयो ।

साँच्चिकै बम भएमा डिस्पोज गर्दा खतरा उत्पन्न हुने गरी सिंहदरवारमा भिडभाड देखियो । बम भएको आशंका गरिएको बस्तु डिस्पोज गरेको हेर्न ४-५ सय ब्यक्ति सिंहदरवार परिसरमा जम्मा भएका थिए ।

तर अन्त्यमा उक्त शंकास्पद बस्तु पानी प्युरिफाई गर्ने विग्रिएको पम्प रहेको पुष्टि भयो । शंकास्पद शैलीमा छाडिएका कारण सामान्य पानी प्युरिफाइ गर्ने एक विग्रिएको भाँडोले सिंहदरवारमा आतंक सृजना गरेको थियो ।

करिव ३ घण्टा सम्म सिंहदरवार क्षेत्र बम आतंकमा गुजार्न विवस भयो ।nepaliheadlines